+
+

बक्सिङ छनोटमा मिनु र भुपेन्द्र विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १०:१५

८ चैत, काठमाडौं । थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङको लागि भएको छनौट खेलमा मिनु गुरुङ र भुपेन्द्र थापा विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबका मिनुले महिलातर्फ ५४ केजी तौल समूहमा एपिएफका सन्जुमाया थिंगलाई पराजित गर्दै छनौट चरण पार गरेका हुन् ।

यस्तै नेपाल पुलिस क्लबका भुपेन्द्र थापा मगरले पुरुष ६३ केजी तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दै  छनौट चरण पार गरेका छन् ।

छनोट प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ३ तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

महिलातर्फ ४८ केजी तौल समूहमा नक्सालकी सुस्मा तामाङले अस्मिता दुवाललाई पराजित गर्दै पहिलो स्थान हात पारिन् । यस्तै महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापा र महिला ६० केजीमा पनि बर्मीकै पुनम रावल पहिलो भइन् ।

चन्द्रकलाले बक्समान्डुकी हेमा राई तथा पुनमले बक्समान्डुकै डिचेन शेर्पालाई पराजित गरिन् ।

पुरुषतर्फ ४८ केजी समूहमा सुशील थापा मगर र ५४ केजी तौल समूहमा प्रेम चौधरी पहिलो भएका छन् ।

सबै विजेतामध्ये उत्कृष्ट खेलाडीलाई थाइल्याण्डमा हुने प्रतियोगितामा लैजाने बक्सिङ संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?