+
+
Shares

खुल्ला दोहोरी प्रतियोगितामा भाग लिन चैत १४ सम्म आवेदन दिइसक्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १२:२६
तीन वर्षअघि बुटवलस्थित बुटवल मण्डपमा आयोजित प्रतियोगिता

काठमाडौं । छैटौं राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताका भाग लिने कलाकारले चैत १४ गतेसम्म आवेदन दिनुपर्ने भएको छ । प्रतियोगिता यही चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको प्रतियोगिता यस वर्ष भौतिक उपस्थितिमै आयोजना गर्न लागेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए । ‘कोरोना महामारीपछि प्रतियोगिता आयोजना हुने कुराले गायक साथीहरु उत्साहित हुनुहुन्छ,’ बीजीले अनलाइनखबरसँग भने ।

प्रतियोगितामा पहिलो हुनेलाई २ लाख २५ हजार, दोस्रो हुनेलाई १ लाख ५० हजार, तेस्रो हुनेलाई १ लाख र सान्त्वनालाई ५० हजार रुपैयाँसहित शिल्ड र मेडल दिइने छ ।

प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई समेत पुरस्कृत गरिने भएको छ । अध्यक्ष बीजीका अनुसार कुल ५० समूहले प्रतियोगितामा भाग लिने भएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा फिल्म तथा हास्य क्षेत्रका कलाकारले पनि प्रस्तुति दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?