+
+

करिश्माले भनिन् : पद पाउँछु भनेर होइन, कार्यकर्ता बन्न एमालेमा आएकी हुँ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १४:१७

८ चैत, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् ।

मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् ।

‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।

आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?