३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगले भृकुटीमण्डपमा मतगणा गर्ने तयारी गरिरहेको जनाएको छ । केही बेरमा गणना सुरु हुनेछ ।
नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।
मतगणनाका लागि ८० वटै मेसिनको फरक-फरक मुचुल्का तयार गरिँदैछ । त्यसपछि मतगणना सुरु हुनेछ । निर्वाचन आयोगको उपाध्यक्ष सानुराज पोखरेलका अनुसार गणना सुरु भएको करिब ३ घण्टामा परिणाम आउनेछ ।
यसरी हुँदैछ मतगणना :
– हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का गर्ने
– प्रतिनिधि र मत संख्या ट्याली गर्ने ।
– मत संख्या मिलेपछि मेसिन लक गर्ने ।
– मेसिनबाट चिप्स निकालेर अलगअलग खाममा खामबन्दी गर्ने ।
– कलेक्सन भएका सबै खामहरुलाई फेरि एउटै खाममा नम्बरिङ गरेर प्याकिङ गर्ने
– उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिकहरु र निर्वाचन आयोगका प्रतिनिधिहरुको रोहबरमा मतगणा प्रारम्भ गर्ने
– मतपरिणाम घोषणा गर्ने
मत मत परिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ । यसपटक एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।
प्रतिक्रिया 4