+
+
Shares

सकियो एमालेको मतदान, खसेन ३६ भोट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ६:५३
Listen News
0:00
0:30
🔊

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन ।

२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’

८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो ।

मतपरिणाम आजै सार्वजनिक हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?