३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ ।
बिहीबार बिहान ४ बजेसम्म २१०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता अनुसार अब १६३ जना प्रतिनिधिको मतदान बाँकी छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरु भएको थियोे । एमालेको निर्वाचन आयोगले बिहान ५ बजेभित्र मतदान केन्द्र भित्र पसिसक्न सूचना जारी गरेको छ ।
एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4