+
+
Shares

एमाले मतदान अपडेट : राति १२ बजेसम्म मतदानस्थल प्रवेश गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते २२:०४

 पुस, काठमाडौं । नेकपा एमालेको जारी मतदानमा प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गर्ने समय फेरि बढाइएको छ ।

यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्‍याइएको थियो । महासचिव शंकर पोखरेलका अनुसार, अब राति १२ बजेसम्म प्रतिनिधिहरू मतदानस्थलमा प्रवेश गर्न पाउनेछन् ।

केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, १२ सय मत खसिसकेको छ ।

मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिहरू भने नाचगान तथा गफगाफमा व्यस्त छन् ।

प्रतिनिधिहरू ‘होल्ड’ गर्न बसेको ठाउँमा आराम गरिरहेका भेटिन्छन् । केही समूह–समूहमा बसेर नयाँ नेतृत्व र पार्टी राजनीतिबारे गफिएका देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?