+
+
Shares

एमाले महासचिवको आह्वान : अब ५ घण्टामा मतदान सकिन्छ, कोही नछुटौँ

महासचिव तथा महासचिवकै उम्मेदवार शंकर पोखरेलका अनुसार एक हजार ६ सय ५४ मत खसिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको महाधिवेशनमा बुधबार बिहान सवा ९ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा मतदान सुरु भएको छ।
  • महासचिव शंकर पोखरेलका अनुसार १६५४ मत खसिसकेको छ र पाँच घण्टामा सबै प्रतिनिधिले मतदान सक्नेछन्।
  • एमालेमा नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

३ पुस काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेबाट मतदान सुरु भएको हो । महासचिव तथा महासचिवकै उम्मेदवार शंकर पोखरेलका अनुसार एक हजार ६ सय ५४ मत खसिसकेको छ ।

उनका अनुसार अब ५ घण्टामा सबै प्रतिनिधिले मतदान गरिसक्नेछन् ।

‘१६५४ मत खसेको छ । अब ५ घण्टामा मतदान सकिने छ,’ मध्यराति १२ः५० बजे पोखरेलले भनेका छन्, ‘मतदान गर्नबाट कोही पनि नछुटौँ । आन्तरिक लोकतन्त्रलाई समृद्द बनाऔँ ।’

एमालेमा नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?