+
+

देवदहमा राष्ट्रिय प्रस्तर मुर्तिकला कार्यशाला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १९:१५

८ चैत, बुटवल । रुपन्देहीको देवदहमा प्रस्तर मुर्तिकला कार्यशाला सुरु भएको छ । देवदह नगरपालिकाको आयोजना एवं ड्रिम देवदह र स्मृति सामूदायिक वनको सहकार्यमा देवदह– ७ को स्मृति सामुदायिक वनभित्र रहेको स्मृति वन बाटिकामा १५ दिने मुर्तिकला कार्यशाला सुरु भएको हो ।

कार्यशालाको लुम्बिनी प्रदेश सरकारकी कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै मन्त्री घर्तीले गौतमबुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कार्यशालाले योगदान गर्ने बताइन् ।

देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहको पर्यटन बिकासका लागि पार्कहरुलाई फरक फरक विशेषतासहित विकास गर्ने योजनासहित स्मृति वन बाटिकामा प्रस्तर मुर्तिकला आयोजना गरिएको बताए ।

देवदह–७ का अध्यक्ष पदम थापा लगायतले यसअघि स्मृति वन बाटिकामै काष्ठकला कार्यशाला गरिएको र त्यसले देवदहको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए ।

कार्यशालामा नेपालका खयातीप्राप्त २५ जना मूर्तिकारहरुले थिम पार्कको अवधारणा अनुरुप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र बुद्धसंग सम्बन्धित पात्रहरु, बौद्ध दर्शन, शान्ति, प्रेम, सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरु निर्माण गर्ने प्रचारप्रसार संयोजक टंक पोखरेलले जानकारी दिए ।

कार्यशाला सम्पन्न गर्न करिब ३८ लाख खर्च अनुमान गरिएकोमा देवदह नगरपालिकाबाट १० लाख विनियोजन भएको छ । यस्तै लुम्बिनी बिकास कोष, देवदह–९ वडा कार्यालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशले सहयोगको आश्वासन दिएका कार्यशालाका उपसंयोजक भरत कुमार गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?