+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

एमालेका कारण नागरिकता ऐन ल्याउन सकेनौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १९:०६

८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले गरेको संसद अवरोधका कारण नागरिकतासम्बन्धी ऐन पारित हुन नसकेको बताएका छन् ।

मधेश प्रदेशका कार्यकर्ताका लागि मंगलबार जनकपुरधाममा आयाजित प्रशिक्षण कार्यक्रममा उनले आफूहरु नागरिकता विधेयक चाँडै पारित गर्नुपर्ने पक्षमा रहे पनि एमालेको अवरोधका कारण ल्याउन नसकेको टिप्पणी गरेका हुन् ।

मधेशी जनताको भावना अनुसार आफ्नो पार्टीले संविधान संशोधन गर्न पहल गरेपनि एमालेकै कारण हुन नसकेको प्रचण्डले बताए ।

मधेशी जनतालाई अहिले पनि काठमाडौंका शासकले दोस्रो दर्जाका नागरिक बुझिरहेको भन्दै यस्ता विभेद गर्ने आफैं पराजित हुने उनको भनाइ छ ।

प्रचण्डले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लडाइँकै रुपमा लिन कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टीले गठबन्धन गरिदिन्छ र चुनाव जित्नेछु भन्ने मानसिकता हटाउनुस्’ कार्यकर्तालाई उनले भने, ‘लडाइँकै हिसाबले तयारी गर्दै पुरै शक्ति लगाएर एक्लै चुनाव जित्ने काम गरौं ।’

आफ्नै तागतले चुनाव जित्नुुपर्ने भन्दै प्रचण्डले गठबन्धनको विरोधी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?