
९ चैत, विराटनगर । मोरङ जिल्लाको विराटनगरमा निर्माण गरिएको आरोहण–गुरुकुल नाट्यशाला भवनको आज उदघाटन गरिएको छ ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरुपमा भवन उदघाटन गरेका हुन् ।
आरोहण–गुरुकुल नाट्यशाला भवन भारत सरकारको ३ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरु मध्ये यो पनि एक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4