+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धनी चिनियाँले पश्चिमी शिक्षालाई महत्व दिनुको कारण के ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १२:२८

९ चैत, काठमाडौं । हालै सार्वजनिक अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी एक प्रतिवेदनले  पश्चिमी शिक्षाप्रति धनी चिनियाँहरूको मोह कति छ भन्ने प्रस्ट देखाउँछ ।

हुरुन रिसर्च इन्स्टिच्युट र बिन्सटक एजुकेशन ग्रुपले संयुक्त रुपमा तयार पारेको प्रतिवेदन अनुसार धनी चिनियाँहरूले अझै पनि पश्चिमी शिक्षालाई महत्व दिने गर्छन् । उक्त प्रतिवेदन भन्छ ‘कोभिड महामारीपछि पनि चीनका धनी मानिसले पश्चिमी शिक्षाप्रति निरन्तर विश्वास गर्छन् ।’

धनी चिनियाँले पश्चिमी शिक्षालाई महत्व दिनु र निरन्तर विश्वास गर्नुको एउटा कारण पश्चिमी शिक्षाले ‘स्वतन्त्र विचार (इन्डेपेन्डेन्ट थिङ्किङ) लाई जोड दिनु रहेको पनि प्रतिवेदनको निष्कर्ष छ । छोराछोरीले जिम्मेवारी बहन र समस्या समाधान गर्न सक्ने भएकाले पनि चिनियाँ अभिभावकले पश्चिमी शिक्षालाई महत्व दिने गर्छन् ।

तर चीनका धनी अभिभावकले आफ्ना छोराछोरीले विदेशमा पढाइ पूरा गरेपछि स्वदेश फर्किने अपेक्षा गर्ने गरेको पनि प्रतिवेदनको ठहर छ । उनीहरूले चीनमा राम्रो आर्थिक भविष्य, उद्दमशीलताका लागि राम्रो वातावरण, परिवारसँगको घनिष्ट सम्बन्ध तथा बेइजिङको ‘स्वदेश फिर्ता नीति’ जस्ता अनुकूल अवस्था भएका कारण आफ्ना सन्तानको भविष्‍य स्वदेश मै उज्वल रहेको समेत विश्वास गर्छन् ।

अध्ययनका क्रममा कम्तिमा एक करोड युआन (झण्डै १५ लाख ७० हजार अमेरिकी डलर) सम्पत्ति भएका ६ सय चिनियाँसँग सर्वे गरिएको थियो । सर्वेमा सहभागी सबैले आफ्ना सन्तानलाई पढ्नका लागि विदेश पठाउने योजना बनाएका वा आफैं विदेशमा पढेर फर्केका थिए ।

अध्ययनपछि प्रकाशित प्रतिवेदन अनुसार विदेशमा पढेका झण्डै ६० प्रतिशतले आफूले हासिल गरेको शिक्षाबाट ‘सन्तुष्ट’ भएको र एक-तिहाईले ‘निकै सन्तुष्ट’ भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?