+

बंगलादेशसँग फेरि पराजित

२०७८ चैत  ९ गते २१:३५ २०७८ चैत ९ गते २१:३५
बंगलादेशसँग फेरि पराजित

८ चैत, काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल बुधबार बंगलादेशसँग पराजित भएको छ । भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा २-१ गोल अन्तरले पराजित भयो ।

यसअघिको खेलमा पनि बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल सबै चार खेलमा पराजित हुँदै जितबिहिन बन्यो ।

 

यसपटक तीन टिम भएकोले डबल राउण्ड रोविनका आधारमा खेल भएको थियो । भारतसँग भने नेपाल ७-० र ५-१ ले पराजित भएको थियो ।

साफ यू-१८ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय