१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सको कप्तानमा रवीन्द्र जडेजा चयन भएका छन् ।
लामो समयदेखि कप्तानी गर्दै आएका महेन्द्र सिंह धोनीले स्वच्छाले आफ्नो पदको जिम्मेवारी रविन्द्र जडेजालाई सुम्पिएका हुन् ।
२०१२ बाट चेन्नईका महत्वपूर्ण खेलाडीको रुपमा रहेका जडेजालाई धोनी स्वयमले कप्तानका लागि छानेका हुन् ।
जडेजा चेन्नईको कप्तानी गर्ने तेस्रो व्यक्ति हुन् । यसअघि धोनीको अनुपस्थितिमा सन् २०१५ मा केही समयका लागि मात्र सुरेश रैनाले कप्तानी सम्हालेका थिए ।
चेन्नईका लागि २००८ बाट निरन्तर कप्तानी गरिरहेका धोनीले सन् २०२२ को आइपीएलका लागि आफू टिममा नै रहेर कप्तानी भने जडेजालाई दिने निर्णय गरेका हुन् । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई ३ पटक उपाधी दिलाएका छन् ।
प्रतिक्रिया 4