+
+

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:२६

काठमाडौं । अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । हिट सिरिज ‘ए मेरो हजुर’को यो चौथो श्रृंखला हो ।

आगामी वैशाख १ गतेलाई ‘ए मेरो हजुर ४’ले रिलिज मिति तय गरेको छ । प्रेमकथामा आधारित यो फिल्ममा सरोज खनाल, रवि गिरी र सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?