
१० चैत, काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि भएको छ । बिहीबार साँझ बसेको बीमा समितिको बोर्ड बैठकले पूँजी वृद्धि गर्ने निणर्य गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब हुनुपर्नेछ भने निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ ।
यस अघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँमात्रै थियो ।
कार्यकारी निर्देशक पौडेलका अनुसार बीमा समितिले चुक्ता पुँजी वृद्धिको कार्ययोजना पेश गर्न तत्कालै निर्देशन दिइनेछ । निर्देशन दिएको मितिले ३० दिनभित्र बीमा कम्पनीहरुले पुँजी वृद्धिको कार्ययोजना पेश गर्नुपर्नेछ । पुँजी वृद्धिका लागि समिितले एक वर्षको समय कम्पनीहरुलाई दिनेछ ।
प्रतिक्रिया 4