+
+
Shares

शंकास्पद रूपमा वेपत्ता महिला मृत अवस्थामा फेला

शवको हात र खुट्टा बाँधिएको अवस्थामा देखिएको छ । शवको प्रकृति हेर्दा ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ वैशाख ३० गते १६:५०

३० वैशाख, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ स्थित वनरझुला गाउँका घरबाट हराइरहेकी महिला मृत भेटिएकी छन् ।

स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय सोही वडाको नौ किलोमिटर भन्ने ठाउँमा बुधबार मृत भेटिएकी हुन् । अनिताका पति वीरेन्द्र भने वैदेशिक रोजगारीमा छन् ।

कोशी नदी छेउमा अनिताको शव सडेगलेको अवस्थामा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । उनका अनुसार शवको हात र खुट्टा बाँधिएको अवस्थामा देखिएको छ । शवको प्रकृति हेर्दा ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अनिता अघिल्लो बुधबार रातिदेखि घरबाट हराइरहेकी थिइन् । त्यो दिन छिमेकमा विवाह भएकाले गाउँका सबैजसो मानिस जन्तीमा रमाइरहेका थिए । अनिता भने त्यो दिन घरमा एक्लै बसेको परिवारले बताएको छ ।

सोही दिन रातिदेखि उनी सम्पर्कविहीन भएकी थिइन् । उनको घरको आँगनमा रगत देखिएको प्रहरीले जनाएको छ ।

मृतक अनिताका दुई छोरी छन् । जेठी छोरी सपनाको विवाह भइसकेको छ भने, कान्छी छोरी १३ वर्षको रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?