+
+

‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’को रिलिज मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १७:११

काठमाडौं । थप दुई नेपाली फिल्म ‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति घोषणा गरेका छन् ।

केकी अधिकारी र आँचल शर्मा अभिनित ‘झिंगे दाउ’ भदौ ३१ गते रिलिज हुने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा ‘बुलबुल’ फेम्ड मुकुन भुसालको समेत अभिनय छ ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्मको पोस्टरमा केकी, आँचल र मुकुन चित्रित छन्  ।

यसैगरी आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आदित्य प्रधानले निर्देशन गरेको फिल्मलाई नेपालका साथै दार्जिलिङ र सिक्किममा पनि छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?