
काठमाडौं । थप दुई नेपाली फिल्म ‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति घोषणा गरेका छन् ।
केकी अधिकारी र आँचल शर्मा अभिनित ‘झिंगे दाउ’ भदौ ३१ गते रिलिज हुने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा ‘बुलबुल’ फेम्ड मुकुन भुसालको समेत अभिनय छ ।
प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्मको पोस्टरमा केकी, आँचल र मुकुन चित्रित छन् ।
यसैगरी आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आदित्य प्रधानले निर्देशन गरेको फिल्मलाई नेपालका साथै दार्जिलिङ र सिक्किममा पनि छायांकन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4