+
+

जनकपुरधामबाट हराएकी चार वर्षीया बालिकाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १९:५०

११ चैत, जनकपुरधाम । जनकपुरधामबाट बेपत्ता भएको भनिएकी बालिकाको अपहरण भएको खुलेको छ । अपहरणमा परेकी ४ बर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

जनकपुरधाम १६ स्थित पुल्चोकबाट बिहीबार साँझ ४ वर्षीया सृष्टि मण्डल हराएकी थिइन् । उनको अपहरण गरेको पाइएको र शुक्रबार उद्धार गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नम्बर-८ बाट उद्धार गरिएको छ । अपहरण गर्ने व्यक्तिमध्येका एकजनाले आफ्नो दिदीको घरमा बालिकालाई राखेको पाइएको बस्नेतले बताए ।

बालिकाको खोजी गर्न धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेकै नेतृत्वमा टोली खटिएको थियो ।

‘हामी बालिकाको उद्धार गरिसकेका छौं, बालिका पूर्ण रुपमा स्वस्थ्य छन्’ उनले भने, ‘प्रकृया पुर्‍याएर परिवारजनको जिम्मा लगाउनेछौं ।’

अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा ५ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

अपहरणकारी भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए ।

बालिकाको अपहरण गरेर अपहरणकारीले रु १५ लाख फिरौती मागेको पाइएको बस्नेतले बताए ।

अपहरणमा संलग्न भएको आशंका प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । यस विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?