+
+

दाङमा पानीमा डुबेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ७:०८

१२ चैत, दाङ । दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् । नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?