+
+

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते ८:२५

१३ चैत, काठमाडौं । चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि शनिबार भएको छ ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो । २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरुले गरेका थिए । तर चीनको राज्य सरकारले शनिबारमात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।

कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान गत सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्कसियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको सूचना पाएलगत्तै उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई उद्धार तथा खोजी कार्यमा खटाइएको थियो ।

बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो । ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?