+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १७:५७

१३ चैत, बुटवल । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्थाले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई ती एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारलाई दिइएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, कपिलवस्तुको शिवराजको शिवराज स्वास्थ्य केन्द्र, बांके नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्र, पाल्पा रामपुरको गन्डाकोट स्वास्थ्य केन्द्र, बर्दिया राजपुरको बदलपुर स्वास्थ्य केन्द्र, गुल्मी कालीगण्डकीको पुर्तिघाट स्वास्थ्य केन्द्र, दांग बबईको हापुरे स्वास्थ्य केन्द्र र प्युठान बिजुवारको प्युठान अस्पताललाई हस्तान्तरण गरेको छ ।

आइतबार लुम्बिनी एकिकृत बिकास संस्थाका संरक्षक एवं संघीय सांसद अतहर कमाल मुसलमान र कतार च्यारिटीका कन्ट्री डाइरेक्टर इरशाद अली शेखले प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी र स्वास्थ्यमन्त्री इन्द्रजित थारुलाई एम्बुलेन्सका काजगात हस्तान्तरण गरेका हुन् ।

सरकारले तोकेको निर्देशिका अनुसार ख वर्गको मापदण्ड पुरा गरेका ८ वटा एम्बुलेन्सको लागत १ करोड ६३ लाख ८६ हजार १ सय १२ रुपैयाँ छ । एम्बुलेन्समा इमर्जेन्सीका बेला आवश्यक पर्ने ईसीजी मोनिटरसहितका २४ वटा उपकरण रहेको कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर ईरशाद अली शेखले बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, स्वास्थ्यमन्त्री इन्द्रजित थारु लगायतले कतार च्यारिटीको सहयोगमा प्राप्त एम्बलुेन्सले गर्भवती र शिशु मृत्युदर कम गर्न टेवा पुग्ने बताए । लुम्बिनी एकिकृत विकास संस्थाका संरक्षक सांसद अतहर कमाल मुसलमानले संस्थाले एम्बुलेन्सका चालकलाई एक वर्षसम्मको तलबसमेत दिन जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?