+
+

नेपाल थाइ क्लब चोनबुरी एफसीसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १८:०५

१३ चैत, काठमाडौं ।  थाइल्यान्डको शीर्ष डिभिजनको क्लब चोनबुरी एफसीसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डको चोनबुरीमा भएके प्रतिस्पर्धामा नेपाल घरेलु क्लवसित ३–१ ले पराजित भएको छ ।

२४ मिनेटमा कन्थित मित प्रफानले पहिलो गोल गरेपछि चोनबुरीले पहिलो हाफमा १– ० को अग्रता लिएको थियो । ६५ औं मिनेटमा रेनाटो क्लिचले अग्रता दोब्बर पारे । नेपालका लागि खेलको ८३ औं मिनेटमा दर्शन गुरुङले गोल गरी नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर,  इन्जुरी समयमा चोनबुरीले अर्को गोल थप्दा नेपाल ३–१ ले पराजित भयो ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल यसअघि गत बिहीबार थाइल्यान्डको राष्ट्रिय टिमसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा  २–० ले पराजित भएको हो ।

चोनबुरी एफसीसँगको खेलमा राष्ट्रिय टोलीका अधिकांश नियमित खेलाडीलाई आराम दिइएको थियो । नेपालको कप्तानी अनन्त तामाङले गरेका थिए । गोलरक्षकमा दीप कार्कीलाई मौका दिइएको थियो ।

जुनमा हुने एसियन कप छनोटको खेलमा नेपाल जोर्डन, कुबेत र इन्डोनेसिया रहेको समूह एमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?