
१३ चैत, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसम्म पुग्ने दुई वटा सडक नर्माण तथा स्तरोन्नति गर्न ६५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।
गत वर्षायाममा आएको बढीको कारण सडकमार्गहरु क्षतिग्रस्त भएपछि मेलम्चीको आयोजनास्थलसम्म पुग्ने सडक बनाउन अर्थ मन्त्रालयले २ वटा सडकको लागि स्रोत सुनिश्चित गरेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्क्ससम्म पुग्ने सडकका लागि २४ करोड ९९ लाख ९० हजार रुपैयाँ स्रोत सुनिश्चित भएको छ । यसवर्ष यो परियोजनाको लागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
सुन्दरीजल–पाटीभञ्ज्याङ–कुटुम्साङ–अम्बाथान मेलम्ची हेडवर्क्ससम्मको सडकका लागि ४० करोडको स्रोत सुनिश्चित गरेको छ । यो सडक अब मेलम्ची जाने वैकल्पिक सडक हुनेछ ।
यी दुवै सडक अब सडक विभागमार्फत ठेक्का लागेर बन्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अर्थमन्त्रालयले आयोजना कार्यान्वयन गर्न स्वीकृति दिएकाले अब खरिद प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया 4