+
+

भारतका दुई ठूला मल्टिप्लेक्सबीच मर्जरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ११:४६

काठमाडौं । भारतका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा भएको छ । कोभिड-१९ महामारीले थलिएको फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको उनीहरुले जनाएका छन् ।

रोयटर्सका अनुसार पीभीआर र आइनक्स लिजरले दुई ठूला मल्टिप्लेक्सबीच मर्जर गर्ने घोषणा गरेका हुन् । यी दुईबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुनेछन् ।

मर्जरको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘यो व्यावसायिक एकताले दुवै कम्पनीको कार्य क्षमता बढाउने, नयाँ बजारको खोजी गर्ने र खर्च कटौतीमा सघाउ पुर्‍याउनेछ ।’

‘फिल्म प्रदर्शन व्यवसाय महामारीको कारण सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्र पनि भएको र यसको दीर्घकालीन अस्तित्व तथा ओटीटी प्लेटफर्महरुको आक्रमणसँग लड्नका लागि दक्षता हासिल गर्न एक हुनु आवश्यक छ,’ पीभीआर अध्यक्ष अजय बिजलीले भने ।

ओभर दी टप भनिने नेटफ्ल्क्सि, अमेजन प्राइम र डिज्नेजस्ता डिजिटल प्लेटफर्मले महामारी प्रभावित भारतीय फिल्म उद्योगलाई झनै संकटमा पारेको उनीहरुको दाबी छ ।

८५० पर्दासहित पीभीआर भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन हो भने आईएनएक्स लिजरसँग ६५० वटा पर्दा छन् । दुई वर्षको अवधिमा महामारीले धेरै फिल्म हल बन्द भएको बेला यी दुई कम्पनीबीच मर्जर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?