+
+

तिलोत्तमामा १४ करोड लागतमा भ्यूटावर, ओलीले गरे उद्घाटन

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत १५ गते १८:०३

१५ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावर उद्घाटन गरिएको छ । मंगलबार विहान आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरे ।

करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।

तिलोत्तमा नगरपािलकाका प्रमुख बासुदेव घिमिरेले अन्यत्रको भ्यूटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने दावी गरे । १० तले भ्यूटावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहनेछन् ।

भ्यूटावरको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली/तस्वीर सामाजिक सञ्जालबाट ।

टावर निर्माणमा लागत साझेदारी गरेको वन वाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले जनप्रतिनिधिको म्याद सकिन लागेकाले २० प्रतिशत काम बाँकी छदै उद्घाटन गरिएको बताए ।

प्रधानमन्त्री दिल्ली गएपछि सुकुम्बासीका फाइल भेट्लान् : ओली

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिन नचाहेको आरोप लगाएका छन् ।

उनले एमालेले गठन गरेको भूमि आयोग अहिलेको सरकारले विघटन गरेर सुकुम्बासीमाथि पहिलो बञ्चरो प्रहार गरेको बताएका हुन् । अघिल्लो सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला यो सरकारले आयोग खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको आरोप छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाउँदै हिंडेको पनि दावी गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणतर्फ लक्षित गर्दै ओलीले दिल्ली गएपछि फाइल भेटिन सक्ने टिप्पणी गरे । ‘शुक्रबार प्रधानमन्त्री दिल्ली जाँदै हुनुहुन्छ, त्यहाँ गएपछि फाइल भेट्छन् होला’ ओलीले भने ।

ओलीले एमालेको सरकार बनेपछि भारतसंगको परनिर्भरता कम भएको र भ्यूटावर निर्माण लगायत विकासको लहर चलेको बताए । जनप्रतिनिधिहरु स्वच्छ र पारदर्शी हुनुपर्ने सुझाव दिंदै ओलीले आवश्यकता अनुसार टोल टोलमा विकास पुर्‍याउनुपर्ने बताए । खाद्यान्नमा आत्मनिर्भर हुनु सबैभन्दा महत्वपूर्ण विषय भएकोमा जोड दिंदै ओलीले जमिन बाँझो राख्न नपाइने तिलोत्तमाको नीति सबैले अनुशरण गर्नुपर्ने सुझाव दिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?