+
+

एन्फाको अध्यक्षमा उठ्नेले मनोनयन शुल्क १५ हजार बुझाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १५:१४

१५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिमा अधिवक्ता रामचन्द्र गौतम सह-संयोजक, दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ वैकल्पिक सदस्य र अधिवक्ता प्रिती कार्की बैकल्पिक सदस्य रहेका छन् ।

ललितपुरमा मंगलबार भएको साधारण सभाले आगामी एन्फा निर्वाचनका लागि समिति गठन गरेको हो ।

यस्तै साधारण सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघको अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरीमान राईको नाम निरीक्षकमा पारित गरेको छ ।

बैठकको निर्णय पुस्तिका प्रमाणित गर्न सानेपा क्लबका अध्यक्ष ध्रुव विक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङ्गलाई जिम्मेवारी दिइएको छ ।

विष्णु लुइटेल संयोजक, सुधा रिजाल सहसंयोजक, केशरमणि अर्याल सदस्य, यज्ञ बहादुर राना वैकल्पिक सदस्य र हरिप्रसाद इग्नाम बैकल्पिक सदस्य रहने गरि निर्वाचन पुनरावेदन समिति गठन गरिएको एन्फाले जनाएको छ ।

एन्फा निर्वाचनमा अध्यक्षका उम्मेद्‍वारले १५ हजार, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षले १० हजार र सदस्यका उम्मेद्‍वारले ५ हजार रुपैयाँ मनोनयन शुल्क तिर्ने निर्णय पनि साधारण सभाबाट पारित भएको छ ।  एन्फाको निर्वाचन यसअघि नै २०७९ जेठ १५ गतेलाई तोकिएको छ । त्यसैगरी जिल्ला फुटबल संघको निर्वाचन २०७९ वैशाख १ देखि १० गतेसम्म हुने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?