
१६ चैत, काठमाडौं । लोकसेवा आयोगले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको छ । यससँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।
तर वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4