+
+

गाडीको डिकीभित्रबाट ३० केजी गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १२:४३

१८ चैत, वीरगञ्ज। सशस्त्र प्रहरीले गाडीको डिकीभित्र लुकाएर लैजाँदै गरेको लागु औषध ३० केजी गाँजा बरामद गरेको छ ।

पर्साको वीरगञ्‍ज महानगरपालिका-२० स्थित हर्पतगञ्‍ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्‍नमस्ता बाहिनी मुख्‍यालय महोत्तरीबाट खटिएको टोलीले बिहीबार राति ९:४५ बजे उक्त लागुऔषध गाँजा नम्बरप्लेट नभएको गाडिको डिकीबाट बरामद गरेको हो ।

टाटा इन्डिका गाडिको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका  प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?