+
+

अब एप्पलले मर्मत गर्ने छैन यी आइफोन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १२:५९

१८ चैत, काठमाडौं । एप्पलले अब वैध रुपमा खरीद गरिएका आइफोन बाहेक अरुको मर्मत नगर्ने भएको छ ।

एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले अब त्यस्ता आइफोनको मर्मत गरिदिने छैनन् जुन GSMA डिभाइस रजिस्ट्रीमा मिसिङ अर्थात् हराएको रुपमा सूचिकृत भएका हुन्छन् ।

म्याक र्युमर्स नामक वेबसाइटले प्रकाशित गरेको आधिकारिक एप्पल सर्भिस सेन्टरको एक आन्तरिक टिप्पणी अनुसार कम्पनीले आफ्ना प्राविधिकहरुलाई त्यस्ता प्रयोगकर्ताको डिभाइस मर्मत गर्नबाट रोक लगाएको छ जुन आइफोन Mobile Genius वा GSX सिस्टममा चोरी वा हराएको आइफोनको रुपमा सूचिकृत भएको हुन्छ ।

न्क्ःब् ग्लोबल रजिस्ट्री भनेको उपकरणको सिरियल नम्बर तथा त्यसको अवस्था जस्तै हराएको, चोरी भएको वा धोकाधडी भएको सम्बन्धी एक डाटाबेस हो । रजिस्ट्रीले कुनै डिभाइस किस्ताबन्दीमा वा कुनै टेलिकम सेवा प्रदायकसँगको भुक्तानी प्लानमा खरीद गरिएको छ कि छैन भन्ने पनि देखाउँदछ ।

यसरी दर्तावाल कुनै फोन चोरी भएको रुपमा दर्ता गरिएमा त्यसलाई नेटवर्क पहुँचबाट बन्देज लगाइन्छ र आधिकारिक रुपमा खरीद बिक्रि गर्न सकिँदैन । यसले विभिन्न खालका अपराध, डिजिटल ठगी था सुरक्षा मामिलामा अनुसन्धानका लागि सहयोग गर्दछ ।

एप्पलको नयाँ नीतिको उद्धेश्य गलत व्यक्तिको हातमा परेका फोनहरु मर्मत गर्नबाट उसका प्राविधिक तथा आधिकारिक सेवा प्रदायकलाई रोक्नु रहेको छ । यसलाई कम्पनीको नीतिको शीर्षस्थानमा राखिएको छ । जसको एक हिस्साका रुपमा एप्पल स्टोर तथा एप्पल सर्भिस सेन्टरहरुले कम्पनीको फाइन्ड माइ एपको माध्यमबाट लस्ट मोडमा राखिएका डिभाइसको सर्भिसिङ तथा मर्मत गर्न अस्विकार गर्नेछन् ।

कतिपय अवस्थामा प्रयोगकर्ताले आफ्नो एप्पल आइडी बिर्सेको अवस्थामा समेत आफ्नो आइफोन खरीदको सक्कली बिल देखाएर मर्मत गरिदिन सक्दछ । एप्पल डिभाइस मर्मतका लागि प्रयोगकर्ताले स्वामित्वको प्रमाणको रुपमा प्रडक्ट सिरियल नम्बर, आइएमइआइ वा एमइआइडी नम्बर हुनु आवश्यक हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?