+
+
त्रिकोणात्मक टी-२० शृङ्खला :

नेपालले आज मलेसियासँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते ८:४३

१९ चैत, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा  नेपालले आज मलेसियासँग खेल्दैछ ।

यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।

मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।

नेपालसँग मलेसिया पाराजित भए पीएनजीलाई फाइनल पुग्ने बाटो खुल्नेछ ।

पीएनजीका लागि नेपाल र मलेसियाबीचको खेल महत्वपूर्ण बन्नेछ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

मलेसिया नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । अहिलेसम्म टी-२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । जसमा ७ खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले ६ खेल  जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

टी-२०आई खेल : ७

नेपाल विजयी : ६

मलेसिया विजयी : १

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०

नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज

दोस्रो नेपाल ९ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६९ रनले विजयी

२०२२ त्रिकोणात्मक टी२० श्रृंखला

नेपाल ६ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?