+
+

स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा सत्ता गठबन्धनको संयन्त्र गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते ९:५३

१९ चैत बुटवल । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको ठहर गर्दै जिल्लास्तरीय स‌ंयन्त्र गठन गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले निर्वाचन तालमेलका लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेका छन् ।

समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थितिको प्रतिवेदन तयार गरी केन्द्रलाई सुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय गर्ने नेपाली काङ्ग्रेस रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले बताए । संयन्त्रले आ आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति तयार गरी चैत २२ गते थप छलफल गर्ने छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, सुशील गुरुङ्ग, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँ, जनता समाजवादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजवादीका इन्चार्ज सिद्धीचरण भट्टराई, माओवादी केन्द्रका सोनीया यादव, माओवादीकै केन्द्रीय सदस्य महसुद अली, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र आचार्यले संविधानको रक्षा, कार्यान्वयन र प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?