+
+

च्याम्पियन्स लिग प्रिभ्यू : चेल्सीविरुद्ध जितको खोजीमा रियल मड्रिड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १६:१७

२३ चैत, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले आज खेल्दै छन् ।

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे यो खेल हुनेछ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ । रियल पनि चेल्सीविरुद्ध जितको खोजीमा लण्डन पुगेको छ ।

च्याम्पियन्स लिगमा यी दुईबिच तेश्रो भेट हुन लागेको छ । यसअघि पहिलो पटक पोहोर सेमिफाइनलमा आमनेसामने भएकोमा चेल्सीले बाजी मारेको थियो ।

चेल्सीले समग्रमा ३–१ को जित निकालेको थियो । घरेलु मैदानमा भएको पहिलो लेग २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।

डिफेन्डिङ च्याम्पियन चेल्सी सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रँदा रियल हारको बदला लिने लक्ष्यमा छ ।

यो सिजन उच्च लयमा रहेको रियल पनि अवे जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिन चाहन्छ ।

खेलअघि भएको पत्रकार सम्मेलनमा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले खेलका लागि निकै उत्साहित रहेको बताएका छन् । ‘म आफ्नो उत्कृष्ट प्रदर्शनसहित टिमलाई जिताउन चाहन्छु’, उनी भन्छन्, ‘चेल्सी गत सिजन एकदमै राम्रो नतिजा निकाल्न सफल भएको थियो । यस पटक चेल्सी केही समस्यामा छ, हामी यसको फाइदा उठाउने प्रयास गर्नेछौं ।’

चेल्सीका उत्कृष्ट मिडफिल्डर क्रिस्टियन पुलिसिक गत सिजनको जितलाई आधार मानेर आत्मविश्वास उच्च राखेर मैदान उत्रिने योजनामा छन् । ‘हामीले पछिल्लो सिजनको आत्मविश्वास नडगमगाइ खेल्नु पर्छ,’ उनी भन्छन्, ‘हामी गत सिजनको नतिजा दोहोर्‍याउन चाहन्छौं ।’

यस पटक नकआउट चरणमा नै भएको भेट सहज नहुने तर आत्मसविश्वासी भई मैदानमा उत्रिने पुलिलिसले बताए ।

एन्सेलोट्टी पनि स्टामफोर्ड ब्रिजमा

कोरोना परीक्षण पोजेटिभ आएपछि स्पेनमा नै रोकिएका रियल मड्रिडको प्रशिक्षक कार्लो एन्सेलोट्टीको पछिल्लो परीक्षण नेगेटिभ आएको छ ।

त्यसैले उनी खेलका लागि लण्डन पुग्ने छन् ।

चेल्सीका प्रशिक्षक थोमस टुकलले एन्सेलोट्टीको प्रशंसा गर्दै भनेका छन्, ‘उनी मैदानमा हुँदा त्यसको सिधा प्रभाव पर्छ ।’

६२ वर्षका एन्सेलोट्टीले कोरोना संक्रमणकै कारण गतहप्ता सेल्टाभिगोसँगको खेलमा मैदानमा थिएनन् ।

चेल्सीको टोली : इडुआर्ड मेन्डी, सेसर एज्पिलिक्वेटा, थियागो सिल्भा, एन्टेनियो रुडिगर, रिस जेम्स, जर्गिन्हो, माटियो कोभासिस, मार्काेस अलन्सो, हाकिम जियाच, काई हाभर्टज र क्रिस्टियन पुलिसिक, एङ्गोलो कान्टे, ट्रिभोअ चलोवाह, मासन माउन्ट र टिमो वेर्नर ।

रियलको टोली : करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ र थिवाउट कोर्टुवा, रोड्रिगो, नाचो फर्नान्डेस, मार्सेलो, फेडे भाल्भेर्डे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?