+
+

‘शिरीषको फूल’ नाटकलाई प्रमुख सहरमा मञ्चन गरिने, पोखरामा बिहीबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:३६

काठमाडौं । काठमाडौंमा मञ्चनपछि नाटक ‘शिरीषको फूल’लाई देशका प्रमुख सहरमा मञ्चन गरिने भएको छ । नाटकलाई बिहीबार पोखरा थिएटरमा नाटक मञ्चन गर्ने तयारी छ ।

चैत २७ गतेसम्म पर्यटकीय नगरी पोखरामा नाटकका पाँच शो आयोजना हुने थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मलले नाटक देखाउन लागेको हो । दर्शकको मागको आधारमा शो थप गर्न सकिने पनि श्रेष्ठले बताए । ‘पोखरालाई नाटक सहरको रुपमा समेत चिनाउन यसले मद्दत गर्छ,’ उनले भने ।

स्थानीय थिएटरसँग सहकार्य गरेर थिएटर मलले पोखरासहित बुटवल, नेपालगञ्ज र दमकमा समेत नाटक मञ्चन गर्दैछ । ‘कला र साहित्यलाई देशव्यापी रुपमा फैलाउने उद्देश्यले देशयात्रामा निक्लन लागेका हौं,’ उनले भने ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनपछि मुलुकका अन्य स्थानमा पनि नाटक मञ्चन गर्ने तयारी भइरहेको श्रेष्ठले बताए । पारिजातद्वारा लिखित ‘शिरीषको फूल’ उपन्यासमा आधारित यो नाटकलाई कीर्तिपुरमा मञ्चन गरिसकिएको छ ।

नाटकलाई अञ्जान प्रदीपले निर्देशन गर्नेछन् । श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिमाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?