+
+
Shares

‘एक चिहान’ नाटक भदौ २२ गतेदेखि प्रज्ञा भवनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हृदयचन्द्रसिंह प्रधानको उपन्यास 'एक चिहान'मा आधारित शैक्षिक नाटक भदौ २२ गतेदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा मञ्चन हुने भएको छ।
  • नाटक निर्देशक नकुल पौड्यालले यसलाई शैक्षिक दृष्टिले प्रस्तुत गरिएको र विद्यार्थीले उपन्यास प्रत्यक्ष अनुभूत गर्ने अवसर पाउने बताए।
  • नाटकले समाजका विडम्बना, पीडा र मानव मूल्यको प्रश्न उठाएको छ र यसअघि ५४ शो सफलतापूर्वक सम्पन्न भइसकेको छ।

काठमाडौं । हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ’एक चिहान’ माथि आधारित शैक्षिक नाटक राजधानीमा मञ्चन हुने भएको छ ।

नाट्यशालाको प्रस्तुति तथा निर्देशक नकुल पौड्यालको निर्देशनमा तयार गरिएको नाटक भदौ २२ गतेदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा नियमित रूपमा देखाइनेछ ।

यसअघि बुटवल, चितवन र हेटौंडालगायतका स्थानमा ५४ शो सफलतापूर्वक सम्पन्न गरिसकेको नाटकले विद्यार्थी, शिक्षक, साहित्यप्रेमी र नाट्यकर्मीको प्रशंसा पाएको छ ।

समाजका विडम्बना, पीडा र मानव मूल्यको प्रश्नलाई उठान गर्ने यस नाटकलाई काठमाडौंमा पनि विशेष चासोका साथ प्रतीक्षा गरिएको आयोजकले बताएका छन् ।

निर्देशक पौड्यालका अनुसार नाटकलाई शैक्षिक दृष्टिले प्रस्तुत गरिएको छ । ‘साहित्यलाई मञ्चमार्फत जीवन्त बनाउन हाम्रो प्रयास हो । यस नाटकमार्फत विद्यार्थीले उपन्यासलाई प्रत्यक्ष अनुभूत गर्ने अवसर पाउनेछन्’ उनले बताए ।

नाटकमा प्रकाश र ध्वनि डिजाइन, पात्रको मनोविज्ञान र सामाजिक यथार्थलाई विशेष रुपमा देखाइएको छ । आयोजक नाट्यशालाले राजधानीका दर्शकलाई नाटक अवलोकन गर्न निम्तो दिँदै विद्यालय–विश्वविद्यालयका विद्यार्थीलाई विशेष प्राथमिकता दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?