
News Summary
Generated by OK AI. Editorially reviewed.- कौसी थिएटर टेकुमा भदौ १२ गतेदेखि ऐतिहासिक कथामा आधारित नाटक 'काली पार' मञ्चन हुन लागेको छ।
- नाटकमा पन्ध्रौं शताब्दी आसपासको पहाडी टुक्रे-राज्यहरूको युद्ध, राजनीति तथा सामाजिक परिवेश देखाउन खोजिएको छ।
- प्रवीण पौडेल र मुक्ति प्रसाद पौडेलको संयुक्त निर्देशनमा तयार भएको 'काली पार' मा २० जना कलाकार सहभागी छन्।
३ भदौ, काठमाडौं । कौसी थिएटर टेकुमा नाटक ‘काली पार’ मञ्चन हुने भएको छ । ऐतिहासिक कथामा बनेको नाटक यही भदौ १२ गतेदेखि मञ्चन हुन लागेको हो ।
यस नाटकमा पन्ध्रौं शताब्दी आसपासको पहाडी टुक्रे-राज्यहरूको युद्ध, राजनीति तथा सामाजिक परिवेश देखाउन खोजिएको बताइएको छ ।
प्रवीण पौडेल र मुक्ति प्रसाद पौडेलको संयुक्त निर्देशनमा बन्दै गरेको नाटकलाई कथा घेराको सहकार्यमा पत्र-मञ्जूषाले निर्माण गर्न लागेको हो । ‘काली पार’ प्रवीण र मुक्ति दुवैको पहिलो निर्देशन हो ।
नाटकमा सागर दाहाल, ऋषिकेश बस्याल, आयुश्मा मगर, निरज पन्थी, मुकुन्द खलपात्र, आशिष काफ्ले, दिलराज राई, शरद भण्डारी लगायत २० जना कलाकार रहेका छन् । ‘काली पार’ मुक्तिको लेखन रहेको दोस्रो नाटक हो । यसअघि गत वर्ष कौसी थिएटरमै उनको लेखन रहेको ‘काँचो धागो’ मञ्चन भएको थियो, जसलाई आशान्त शर्माले निर्देशन गरेका थिए ।
प्रतिक्रिया 4