+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सचिवको निजी सचिवालयमा बस्न दबाव दिएको भन्दै महिला कर्मचारीले छोडिन् जागिर

जनक विष्ट जनक विष्ट
२०७८ चैत २४ गते ८:०१

२४ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामेश्वर दंगालले शाखा परिवर्तन गर्न दबाव दिएको भन्दै एक महिला कर्मचारीले जागिर छाडेकी छन् ।

मुख्यमन्त्री कार्यालयको लेखा शाखामा कार्यालय सहयोगीका रुपमा कार्यरत एक महिला कर्मचारीले आफूलाई प्रमुख सचिव दंगालको निजी सचिवालयमा बसेर काम गर्न दबाव दिएकाले जागिर छोडेको बताएकी हुन् ।

‘जोशी सर (मुख्यमन्त्री कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी जगदीश जोशी) ले मलाई बोलाएर प्रमुख सचिव ज्यूको निजी सचिवालयमा कार्यरत नवराज बोहराको ठाउँमा तपाईंलाई पठाउनुुपर्यो । उहाँ तपाईंको ठाउँमा आउनुुहुन्छ भनेर भन्नुभयो,’ ती महिलाले भनिन्, ‘तर मैले आफू विगतदेखि लेखा फाँटमा कार्यरत भएकाले यहीँ काम गर्छु भन्दा पटक–पटक निजी सचिवालयमै गर्नुपर्छ भनेर टर्चर गरेपछि जागिर छाडेकी हुँ ।’

सहप्रवक्ता जोशीले भने महिला कर्मचारीलाई प्रमुख सचिवको निजी सचिवालयमा खटाउने विषयमा आफूले उनीसँग कुरा गरेको तर अनावश्यक दबाव वा टर्चर नदिएको बताए । ‘प्रमुख सचिव ज्यूको आदेशअनुसार कार्य विभाजन गर्ने क्रममा उहाँलाई निजी सचिवालयमा खटाउने कुुरा भएको हो,’ जोशीले अनलाइनखबरसँग भने, ‘तर उहाँ मात्र नभएर अन्य ७÷८ जना कर्मचारीको साविकको फाँट परिवर्तन गरिएको हो । यो व्यक्तिगतभन्दा पनि अफिसियल कुरा हो ।’

प्रमुख सचिव दंगालले पनि ती कर्मचारीलाई अनावश्यक दबाव वा हैरानी दिएको भन्ने आरोप गलत भएको बताएका छन् । उनले आफू प्रमुख सचिवको रुपमा मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइसकेपछि ती कर्मचारीले काम नगर्ने गरेकोे गुनासो आएकाले साविकको शाखाबाट आफू वा अन्य सचिवको निजी सचिवालयमा राख्न निर्देशन दिएको स्वीकारेका छन् ।

‘कार्यालय सहयोगीको रुपमा राखिए पनि आफू काम नगर्ने र कुर्सीमा बसेर अन्य कार्यालय सहयोगीलाई काम लगाउने गरेको भन्ने सुनियो । त्यसले अरुलाई काममा लगाउन सकिएन भनेर साथीहरुले सुनाए,’ दंगालले अनलाइनखबरसँग भने, ‘मैले त्यसो हो भने शाखा परिवर्तन गरिदिनुुस् । सचिव अथवा म कहाँ भएपनि पठाउनुुस् भनेको हुँ । अनावश्यक दबाब दिएको भन्ने चाहिं होइन ।’

ती महिला विगत तीन वर्षदेखि मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय सहयोगीको रुपमा करारमा कार्यरत थिइन् ।

 

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?