+
+

ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते ८:५४

२४ चैत, काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?