+
+

हन्डर-ठक्कर खाँदै बचेका नेवार बस्ती र संस्कृति (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १९:५०

२६ चैत, काठमाडौं । बढ्दो सहरीकरणले उपत्यकाको नेवार समुुदायका बस्तीहरू मासिदै गएका छन् ।

यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरहरू तहसनहस बनायो । काठमाडौं उपत्यका अर्थात नेवार समुदाय, यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ ।

ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझैं जीवन्त बनाइरहेको छ ।

यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सिर्जित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्ती अझैं पनि सुन्दर छ ।

हेरौं, काठमाडौं उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न स्थानका तस्वीरहरू ।

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरू ।

ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ ।

ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउँदै महिलाहरू ।
खोकनामा भूकम्पपछि पुरानै ढाँचामा पुनर्निर्माण गरिएको बस्ती ।
हरिसिद्धिको फल्चामा बसेका दौतरी वृद्धा ।
कीर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुट्दै । यहाँ नेवारी संस्कृति झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ ।
भक्तपुरको दरबार परिसरमा रहेको एक मन्दिरमा चित्र बनाउँदै कलाकार ।
भक्तपुरको एक घरको झयालमा बसेकी महिला .
खोकनाका थकाली । टोलका सबैभन्दा वृद्धलाई थकालीको रुपमा मान्ने चलन छ ।
लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ ।
ललितपुरको बाँडेगाउँ ।
ललितपुरको बुङमतीमा देवताको नाममा बनाइएको ऐतिहासिक पुरातात्विक पोखरी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?