
२७ चैत, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा सोही टिपरका सहचालक २० वषर्ीय किरण बास्कोटाको मृत्यु भएको हो ।
धादिङको थाक्रे गाउँपालिका-७ घर भएका बास्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4