+
+

रणवीर-आलियालाई दीपिकाको बधाई, लेखिन्- दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते ११:५२
फाइल तस्वीर

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट बिहीबार वैवाहिक जीवनमा बाँधिए । विवाहलगत्तै आलियाले सामाजिक सञ्जालमा आफूहरुको विवाहको तस्वीर सेयर गरिन् ।

ती तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनीहरुलाई चारैतिरबाट बधाईको ओइरो आइरहेको छ ।

रणवीर-आलियालाई बलिउड सेलिब्रिटीहरुले पनि बधाई दिने क्रम जारी छ । अभिनेत्री दीपिका पादुकोणले पनि आलियाले सेयर गरेको तस्वीरमा कमेन्ट गरेकी छन् । दीपिकाले लेखेकी छन्, जिन्दगीभर तिमीहरु दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस् ।’ दीपिका रणवीरकी पूर्वप्रेमिका समेत हुन् ।

यस्तै अभिनेता अनिल कपुरले पनि रणवीर-आलियालाई बधाई दिंदै लेखेका छन्, ‘विवाहको शुभकामना, नयाँ क्लबमा स्वागत छ । यसैगरी सोनु सुद, दीया मिर्जा, नेहा, धुपिया, मौनी राय, गौहर खान लगायतले पनि उनीहरुलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।

यता, रणवीरका दिदीहरु अभिनेत्री करिना कपुर र करिश्मा कपुरले आलियासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो परिवारमा स्वागत छ ।’ रणवीर करिना र करिश्माका काका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?