+
+

एफए कप सेमिफाइनल : वेम्बलीमा रोमाञ्चक प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १८:१६

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ ।

प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल खेल्न लागेका हुन् ।

अर्को सेमिफाइनलको खेलमा चेल्सी र क्रिस्टल प्यालेस भिड्नेछन् ।

६ पटक एफए कपको उपाधि उचालेको टोली म्यानचेस्टर सिटी र लिभरपुल तथा आठ पटकको विजेता चेल्सी पुराना विजेता हुन् भने क्रिस्टल प्यालेस ३ पटक फाइनल पुगेर पनि हालसम्म उपाधि जित्न नसकेको टिम हो ।

विश्वमै लामो समय चल्ने प्रतियोगितामा रुपमा चिनिएको एफए कपको १५० औं सिजनको सेमिफाइनलमा क्रिस्टल प्यालेस पुगेको छ ।

यस पटकको एफए कपको फाइनलमा उपाधि विजेता टोलीबीच नै प्रतिस्पर्धा हुन्छ कि पहिलो उपाधिको खोजीमा रहेको टिम पनि हुन्छ भन्ने टुंगो आइतबार लाग्ने छ । फाइनलमा पुगेका दुई टोलीले १४ मेमा वेम्बली स्टेडियममा फइनल खेल खेलनेछन् ।

सुखद नजिताको आशमा लिभरपुल

पछिल्लो पटक २००६ मा एफए कपको उपाधि जितेको लिभरपुलको प्रदर्शन पछिल्ला वर्षहरुमा भन्दा अहिले निकै सुधारिएको छ । यसले लिभरपुलको मनोबल बढाएको छ ।

हुन त प्रतिस्पर्धी पनि कमको भने छैन म्यानचेस्टर सिटी पनि समान ६ पटक एफए कप विजेता हो । बलियो प्रतिस्पर्धीसँग खेल जितेर फाइनलमा स्थान बनाउने तयारीमा दुवै टोली छन् ।

लिभरपुलले च्याम्यिन्स लिगमा आइतबार भएको खेलमा बेन्फिकालाई परास्त गर्दै सेमिफाइनल प्रवेश गर्‍यो । त्यसैले पनि उसको मनोबल उच्च छ ।

एफए कपको क्वार्टर फाइनलमा नोथम फरेस्टविरुद्ध १ गोल गर्दै लिभरपुल सेमिफाइनल प्रवेश गरेको हो ।

चोटले सताएको सिटी

म्यानचेस्टर सिटी प्रिमियर लिगको अंक तालिकाको शीर्षमा रहेको टिम हो । तुलनात्मक हिसाबले एफए कपमा फराकिलो अन्तरको जितसहित सिटी सेमिफाइनल प्रवेश गरेको हो । सिटी २०१९ को एफए कप विजेता पनि हो । लिगको शीर्षमा हुनु सिटीको लागि बलियो पक्ष हो ।

तर यस पटक सिटीलाई फाइनल पुग्न खेलाडीको चोटका कारण धक्का लाग्न सक्छ । मानसिक रुपमा र शारीरिक रुपमा थाकेको छ सिटी । महत्वपूर्ण खेलाडी केविन डी ब्रुनो र काइल वाकर घाइते छन् । फिल फोडेनले अधिकांश खेलमा टाउको पट्टी बाधेर खेलिरहेका छन् यो सिटीका लागि राम्रो पक्ष होइन ।

सिटीका लागि यो हप्ता मात्रै नभइ मेसम्म हप्ताको दुई खेल खेल्नु पर्नेछ । खेलाडी घाइतेको समस्या यस पटकको एफए कपमा सिटीकोे नराम्रो पक्ष बन्न सक्छ ।

मिठो यादसँगै ‘युग’को अन्त्य गर्ने पर्खाइमा चेल्सी

आठ पटक विजेता रहेर पनि पछिल्ला दुई सिजन उपविजेता रहँदै आएको छ । २०२० र २०२१ को उपविजेता यस पटक विजेता बन्न चाहन्छ । विजेता बन्ने दौड कायम राख्न उसले क्रिस्टल प्यालेसलाई हराउनु पर्ने छ ।

च्याम्पियन्स लिगबाट बाहिरिएसँगै चेल्सीको लागि आफूलाई सावित गर्ने यो महत्वपूर्ण प्रतिस्पर्धा हुनेछ ।

चेल्सीले यस वर्ष निकै नै उतारचढाव देखेको छ । मालिक रुसी नागरिक अब्रामोभिचले स्वामित्व छाडदै छन् । रुस–युक्रेन युद्धका कारण उनले क्लब बेच्ने निर्णय गरिसकेका छन् ।

धेरै खेलाडीसँगको सम्झौता सकिन लागेको छ । अब क्लब कसको स्वामित्वमा हुन्छ र आफूहरु कतातिर लाग्ने भन्ने अन्योलमा खेलाडी छन् ।

क्लबकै भविष्य अन्योलमा रहेका कारण ‘एक युग’ जुन ‘अब्रामोभिच युग’ थियो, त्यसको सफल बिदाइका लागि यो उपाधि जित्न चाहन्छ चेल्सी ।

पहिलो पटक उपाधि जित्ने दाउ

क्रिस्टल प्यालेस २०१६ पछि पहिलो पटक फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । ३ पटक फाइनल पुगेर पनि खाली हात फर्किनुको पीडा प्यालेसले राम्रोसँग बुझेको छ । प्यालेसका एक खेलाडी कोनोर ग्लेगर जो चेल्सीको स्वमित्वमा छन् ।

चेल्सीमा रहेका कारण उनले क्रिस्टल प्यालेसलाई पूर्ण सपोर्ट गर्दै खेल हेर्न भन्दा केही गर्न सक्ने भएनन् । प्यालेसका लागि निकै महत्वपूर्ण मानिएको यो खेलमा उनले प्यालेसलाई भौतिक रुपमा केही सहयोग गर्न सक्ने छैनन् ।

समर्थकलाई १०० वटा निशुल्क बसको व्यवस्था

वेम्ले स्टेडियममा हुने म्यानचेस्टर सिटी र लिभरपुलको खेललाई लिएर समर्थकले विरोध जनाउन थालेका छन् । कारण हो लन्डनबाट कुनै पनि रेलमा सिधै वेम्ले जान नपाउनु ।

एफए कपको सेमिफाइनल खेल हेर्न जान चाहने समर्थकले यात्रा गाह्रो हुने भन्दै विरोध जनाएपछि फुटबल एशोसियसनले ५ हजार दर्शकलाई १ सय बस निशुल्क बुक गर्ने भएको छ ।

खेलका लागि ३४ हजार टिकट बिक्री भइ सकेको छ ।

तर लिभरपुलका कप्तान जोर्डन हर्डरसनले रंगशाला परिवर्तन नभएकोमा गुनासो गरेका छन् । उनले भने, ‘हामीले नबुझेको कुरा दुवै क्लब र खेल हुने भनिएको शहरका मेयरहरु पनि खेल गराउन तयार थिए भने के समस्या थियो ।’

फुटबल एशोसियसनको यो कार्यलाई लिभरपुलका प्रशिक्षक जर्जिन क्लोपले भने हाँस्यास्पद भनेर टिप्पणी गरेका छन् । ‘यो मैले अहिलेसम्म सुनेको मध्ये सबैभन्दा हाँस्यास्पद कुरा हो’, उनले भने, ‘दक्षिण पश्चिमको कुनै पनि राष्ट्र सेमिफइनल खेल्दैनन् भन्ने सोचले हो कि किन हो एफएले २००८ देखि सेमिफाइनलको खेलहरु वेम्लेमा राख्दै आएको छ ।’

वेम्ले लिभरपुलका लागि फेरि भाग्यशाली ठहरिएला ?

लिभरपुलका प्रशिक्षक र कप्तान दुवैले वेम्ले मैदानको बारेमा टिकाटिप्पणी गरि रहेकाबेला वेम्ले मैदानमा भएका खेलहरु लिभरपुलका लागि भने भाग्यशाली सावित भएका छन् ।

यो सिजन दुई खेल बराबरी खेलेका लिभरपुल र सिटीले तेस्रो पटक भेट गर्न लागेका हुन् ।

सिटी प्रिमियर लिगमा लिभरपुलभन्दा एक स्थान माथि रहेको छ । सात खेल बाँकी हुँदा एक स्थान माथि रहेको सिटी र लिभरपुल दुवै च्याम्पियन्स लिगको फाइनलमा पुगेका छन् ।

करबाओ कपमा चेल्सी विरुद्धको खेल लिभरपुलले वेम्लेमा नै खेलेको थियो जुनमा उसले उपाधि जितेको थियो । लिभरपुलले यसअघि नै २०१६ मा लिग कप फाइनल र २०१९ मा कम्युनिटी शिल्ड जितेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?