+
+

अनुदानमा आएको एक करोड खोप लिइनँ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अनुदान आउन लागेको एक करोड कोरोना खोप नलिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १७:२४

४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अनुदान आउन लागेको एक करोड कोरोना खोप नलिएको बताएका छन् ।

हाल भण्डारणमा एक करोडभन्दा खोप बाँकी रहेको र खोप लगाउने मानिसको संख्या कम भएकाले विभिन्न देशले अनुदान दिने भनिएको कोरोना खोप नलिइएको उनको भनाइ छ ।

‘अष्ट्रेलिया,क्यान्डा, सिंगापुर, पोल्याण्ड जस्ता देशले लाखौं मात्रामा अनुदानमा खोप दिने कुरा भएको थियो । तर, भएको खोप नै खेर जाने अवस्था आएपछि अनुदान आएको खोप नलिने निर्णय गरेको हुँ,’ खतिवडाले भने ।

हाल टेकुलगायत अन्य प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा भण्डारणमा छ । एष्ट्रेजेनिका, जोन्सन एण्ड जोन्सन लगायतका लाखौं डोज खोप खेर जाने अवस्थामा पुगेका छन् ।

‘अनुदान आएको खेर गएपछि आलोचनाको पात्र भइन्छ । एक करोडको हाराहारीमा खोप भण्डारणमा छ । अहिले खोप लगाउने मानिसको संख्या पनि कमी छ । जसका कारण अहिले भण्डारणमा भएका खोप पनि खेर गएका छन्,’ खतिवडाले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?