+
+

राजु लामाले चढे लोबुचे हिमाल, दीया पुगिन् सगरमाथा आधारशिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:००

काठमाडौं । गायक राजु लामाले सोमबार ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् । इन्म्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले हिमाल चढेको हो ।

जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उनले हिमाल चढेका हुन् । राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले आरोहणको भिडियो पनि सेयर गरेका छन् ।

राजुले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत आयोजना गर्ने तयारी गरेका छन् । संसारकै अग्लो स्थानमा कन्सर्ट गरेर रेकर्ड राख्ने उनको योजना छ ।

सगरमाथा आरोहणका लागि गायक लामाले गो फन्ड मीमार्फत रकम पनि संकलन गरिरहेका छन् । मंगलबार दिउँसोसम्म यसमा ५ हजार ६९६ अमेरिकी डलर संकलन भइसकेको छ ।

यसैबीच, अभिनेत्री दीया पुन सोमबार दिउँसो सगरमाथा आधारशिविरमा पुगेकी छन् । जलवायु परिवर्तन र आफूले काम गरेको बेलायती स्वास्थ्य संस्थाको च्यारिटीका लागि हिमाल चढ्न लागेकी दीयाले मंगलबार आधारशिविर क्षेत्रमा हाइकिङ गर्ने जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?