+
+

‘डंकी’मा हिरानी र शाहरुखको पहिलोपटक सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ११:४७

काठमाडौं । आगामी फिल्म ‘डंकी’मा बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानीबीच सहकार्य हुने भएको छ । पहिलोपटक यी दुईबीच फिल्म निर्माणमा टिमअप हुन लागेको हो ।

एक भिडियो जारी गर्दै शाहरुखले फिल्म ‘डंकी’को घोषणा गरे, जसमा शीर्षक र प्रदर्शन मिति समेत उल्लेख छ । यो फिल्मलाई कमेडीसहित इमोसनल ड्रामा पनि भएको बताइएको छ ।

हिरानीको यो फिल्ममा शाहरुखसहित तापसी पन्नुलाई पनि देख्न पाइने भएको छ । थ्री इडियट्स, मुन्ना भाइ, पीके र सञ्जु जस्ता सुपरहिट फिल्मपछि अब हिरानीले शाहरुखसँग आफ्नो ड्रिम प्रोजेक्टको कामलाई अघि बढाएका हुन् ।

यो फिल्मलाई जियो स्टुडियोज्, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म मिलेर निर्माण गर्न लागेका हुन् । अप्रिलबाटै यो फिल्मको छायांकन सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?