
७ वैशाख, काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीच आगामी जुन ११ मा अष्ट्रेलियामा फुटबल खेल हुने भएको छ ।
यस वर्षको सुपरक्लासिको अन्तर्गत दुई दक्षिण अमेरिकी राष्ट्रबीच अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)मा फुटबल खेल हुने भएको हो ।
भिक्टोरिया सरकारले बुधबार एमसीजीमा खेल हुने पक्का भएको जनाएको छ । पाँच वर्षपछि ९५,००० फ्यानहरूले दक्षिण अमेरिकी फुटबल टोलीहरू बीचको मैत्रीपूर्ण खेल हेर्ने अवसर पाउनेछन् । यसअघि २०१७ मा यी दुई टोली मेलवर्नमा खेलेका थिए ।
भिक्टोरियाका खेलकुद मन्त्री मार्टिन पाकुलाले भने, ‘विश्वका सबैभन्दा सफल दुई फुटबल टोलीहरू एमसीजीमा फर्केर आफ्नो लामो समयदेखिको प्रतिद्वन्द्वी जारी राख्नुले विश्वको उत्कृष्ट खेलकुद सहर र अष्ट्रेलियाको इभेन्ट राजधानीको रूपमा हाम्रो स्थितिलाई बलियो बनाउँछ,’ भिक्टोरियाका खेलकुद मन्त्री मार्टिन पकुलाले भने ।
ब्राजिल र अर्जेन्टिनाबीच गत सेप्टेम्बरमा तय भएको विश्वकप छनोटको खेल स्थगित भएको थियो । तर यो खेल त्यसको सट्टा भने होइन ।
साओ पाउलोमा यी दुई टोलीबीच खेल सुरु भएको पहिलो मिनेटमै स्थगित भएको थियो ।
अर्जेन्टिनी खेलाडीले कोरोना भाइरस क्वारेन्टिन नियम तोडेको भन्दै ब्राजिलियन स्वास्थ्य अधिकारी मैदान प्रवेश गरेपछि खेल रद्द भएको थियो । दुवै टिम यही वर्ष कतरामा हुने विश्वकपमा लागि छनोट भइसकेका छन् । तर उक्त खेल भने खेलाइएको छैन ।
मेलबर्नमा हुने खेलले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र ब्राजिलका सुपरस्टार नेयमारलाई विश्वकपअघि अवसर प्रदान गर्न सक्छ, यद्यपि ती खेलाडीहरू अष्ट्रेलियाको यात्राको लागि टिममा हुने नहुने कुनै ग्यारेन्टी छैन ।
सन् २०१९ यता अर्जेन्टिना ब्राजिलसँग हारेको छैन । विश्वकप नोभेम्बर २१ बाट कतारमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4