
९ वैशाख , बुटवल । रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।
यादवलाई जसपा नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज राईलगायतले पार्टीमा प्रवेश गराएका छन् ।
यादवले कांग्रेसमा व्यक्तिवाद हाबी भएको, पुराना त्यागी नेताहरूलाई बेवास्ता गरी नवप्रवेशीलाई अवसर दिने परिपाटी विकास भएकाले पार्टी परित्याग गरेको बताए ।
यादव अघिल्लो स्थानीय चुनावमा एमालेका हरि अधिकारीसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4