+
+

एमालेले संखुवासभाका सबै स्थानीय तहमा उम्मेदवार टुंग्यायो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १७:५५

९ वैशाख, संखुवासभा । स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ ।

सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाको नगर प्रमुखमा जीतबहादुर घिमिरे र उपप्रमुखमा महेश्वर बज्राचार्यलाई उम्मेदवार छनौट गरेको एमाले संखुवासभाले जनाएको छ । नगर प्रमुख घिमिरे र वज्रचार्य दुबै जना नयाँ अनुहार हुन् ।

घिमिरे एमालेका जिल्ला अध्यक्ष र २०५४ साल को निर्वाचित उपप्रमुख हुन् । धर्मदेवी नगरपालिकाको प्रमुख उदयचन्द्र पौडेल, मादी नगरपालिकमाा जीवन लिङ्थेप, चैनपुर नगरपालिका कृष्णकुमार तामाङ र पाँचखपन नगरपालिकाको नगरप्रमुखमा हिन्दु कुमार राई लाई उम्मेद्वार बनाइने छ ।

त्यस्तै मकालु गाउँपालिका अध्यक्षमा भरत कटुवाल, भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटे, चिचिला गाउँपालिका रामबहादुर गुरुङ, सिलिचोङ गाउँपालिका खड्गनन्द राई र सभापोखरी गाउँपालिकामा पुरानै अध्यक्ष रत्न सुब्बालाई दोहोर्‍याएको छ ।

त्यसैगरी पाँचखपन नगर उपप्रमुखमा अनिता न्यौपाने, चैनपुरमा एलिना श्रेष्ठ, मादीमा सुनिता दाहाल र धर्मदेवीमा लक्ष्मी गिरी उठ्ने छन् ।

भोटखोला गाउँपालिका उपप्रमुखमा सहाना लामा, मकालुमा चमेली राई, चिचिलामा विष्णुमाया राई, सिलिचोङमा मेनुका राई र सभापोखरीमा सबिता कालाखेतीलाई उम्मेदवार छनौट गरेको छ । सभापोखरीका रत्न सुब्बा र मकालुकी चमेली राई २०७४ को निर्वाचनमा निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

५ वटा पालिकामा कांग्रेसले पनि टुंग्यायो उम्मेदवार

नेपाली कांग्रेसले खाँदबारी नगरपालिका नगरप्रमुखमा महेश थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै चैनपुर नगरपालिकामा नगरप्रमुख ज्ञानबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ ।

वि.सं. २०३० सालदेखि राजनीतिम सक्रिय कार्की तत्कालस्न सिद्धकाली गाविसका पूर्व अध्यक्षसमेत हुन ।

धर्मदेवी नगरपालिका नगरप्रमुख थलकुमार लिंखालाई उम्मेदवार बनाएको कांग्रेसले पाँचखपन नगरपालिको नगरप्रमुख विपिन राईलाई उम्मेदवार बनाएको छ । राई यस अघि पनि निर्वाचित मेयर हुन् ।

अरु दलले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?