+
+

उम्मेदवार टुंग्याउन मध्यरातसम्म बसेको कांग्रेस शीर्ष नेताको बैठकमा सहमति जुटेन

आ-आफ्नो पक्षका आकांक्षीमा नेताहरूको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ७:५६
फाइल तस्वीर

१० वैशाख ,काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकिएको छ ।

शुक्रबार मध्यरातसम्म बसेको बैठकमा नेताहरूले आ-आफ्नो पक्षका सिफारिस नाममा अडान लिएका थिए । काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले बताए ।

विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘शेखरले नागेश नै उठाउने अड्डी लिनुभयो । कृष्ण सिटौलाले भीम आचार्यको पक्षमा अडान लिनुभएको छ’ ती नेताले भने,’सभापति देउवा पक्षका कुनै नेताले डिला संग्रौलालाई कुनैले अमृत अर्यालको नाम लिनुभएको छ ।’ विराटनगरको मेयरमा चार जनाको नाममा बढी छलफल भएको थियो ।

भरतपुरको उपमेयरका करिब सहमति जुटेको छ । दीर्घमान श्रेष्ठको नाममा सहमति निकट पुगेका सहभागी नेताले बताए । एक नेताका अनुसार मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको मेयर बनाउन सक्रियता देखाएका छन् ।

पोखराको उपमेयरका नेताहरू बीच सहमति जुट्न सकेन भने ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन ।

शुक्रबार दुई चरणमा शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो ।

शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो ।

शीर्ष नेतामा सहमति नभएपछि शनिबार कार्यसम्पादनको बैठकमा उम्मेदवार टुंगाउन छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार महानगरमा कांग्रेसको भागमा मेयर र उपमेयरका तीन/तीन उम्मेदवार परेका छन् ।

कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?